नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या ५१६ पुग्यो

Enepal Patra Pvt. Ltd. , १०८६  पटक हेरिएको

काठमाडौं, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र‚ हेटौंडामा गरिएको परीक्षणअनुसार ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संक्रमण पुष्टि हुनेहरूमा हेटौंडा(३ मकवानपुर निवासी ५४ वर्षीया महिला‚ भक्तपुर निवासी ४२ वर्षीया महिला‚ सप्तरी बलान बिहुल गाउँपालिका निवासी ३५ वर्षीय पुरूष‚ बारा सिमरनगढ निवासी २२‚ २७‚ ३०‚ ३४‚ ३८ र ४५ वर्षीय पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०२०-०५-२२ , समय : २३:२२:०४ , ६ वर्ष अगाडि