अमेरीका वासी द्वारा मृगौला पिडित द्वय लाई सहयोग प्रदान

Enepal Patra Pvt. Ltd. , ८०८  पटक हेरिएको

डम्बर सिन्चिउरी

जाँते, ५ जेष्ठ । झण्डै अढाई दशक अघि देखि डाईभर्सिटि भिस्सा मार्फत हाल अमेरिका को न्यु मेक्सिको राज्य अन्तरगत अल्वाकर्की शहरमा मा वस्दै आउनु भएका लेटाङ्ग ९ जाँतेका हरि-सीता सुवेदी ले स्थानिय मृगौला पिडित द्वय लाई आज सहयोग प्रदान गरेका छन् ।

यसरी सहयोग पाउनेहरु मा लेटाङ्ग ९ जाँते स्थित सगरमाथा टोल का ऋतुराज दियाली र मदन टोल का शयाम बहादुर लिम्बू की श्रीमती सीता लिम्बू रहेका छन् । उनिहरु लाई जनही नगद ६ हजार र केहि खाजा सामाग्री प्रदान गरीएको स्थानिय समाज सेवी शान्ता राई लिम्बू ले जनाईन् ।

आफुहरु नेपाल भएकै समय मा आफ्ना सन्तान र नेपाली मुल कै उनिहरुका साथी ले गत वर्षको तिहारमा देउसी खेलेर कमाएको खुत्रुके बचत को पैसा बाट पठाएको १२ हजार रुपैंया आफु ले पिडितहरु लाई दामासही को रुपमा बराबर गरी वितरण गरे को सीता सुवेदी ले जनाएकी छन् । उनका अनुसार गत शुक्रबार स्थानिय पत्रकार डम्बर सिन्चिउरी ले स्थानिय मृगौला पिडित ऋतुराज दियाली को सम्पुर्ण विवरण समेटेर सहयोग को याचना सहित तयार पारे को भिडियो क्लिप्स युट्युवमा हेरे पछि उनिहरुले यति रकम पठाएका हुन्  ।

आफू र आफ्ना साथिहरु ले शीत उघाएर घैला भर्ने उद्देशयले आफुहरुले खुत्रुके फुटाएरै भए पनि यति रकम पठाएको हरि-सीता का छोरा प्रकाश सुवेदीले जनाएका छन् । यसरी सहयोग पठाउनेहरु मा प्रमिला सुवेदी, कृतिका सुवेदी,ध्रुव गौतम, रोशन श्रेष्ठ ,मनिमाला चौधरी , मञ्जु आचार्य,गया राउत र सुरेन्द्र सुवेदी रहेका छन् ।

हरि-सीता सुवेदी विगत केही महिना देखि छुट्टी मा आएर लकडाउन कारण हाल जाँते मै वस्दै आएका छन् । उनीहरु स्थानिय लेटाङ्ग ९ जाँते स्थित मदन चौक को सुवेदी कम्पलेक्समा अस्थाई वसोबास गरी रहेका छन् । 

प्रकाशित मिति: २०२०-०५-१८ , समय : १३:०२:०५ , ४ वर्ष अगाडि