विराटनगरमा दुई र धनकुटामा एक जनालाई कोरोना, संक्रमित संख्या २९५ पुग्यो

Enepal Patra Pvt. Ltd. , ५०९  पटक हेरिएको

विराटनगर, ४ जेठ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०२०-०५-१७ , समय : १९:३६:४२ , ४ वर्ष अगाडि