धनुषाका २ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या २८१ पुग्यो

Enepal Patra Pvt. Ltd. , ९१४  पटक हेरिएको

 

काठमाडौं, ३ जेठ ।धनुषाका २ जनामा कोरोना संक्रमण देखिएको छ। यो समेत नेपालमा कोरोना संक्रमितको कूल संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

शनिबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौंको प्रयोगशालामा भएको परीक्षणअनुसार धनुषाका दुईजनामा कोरोना संक्रमण देखिएको हो।

धनुषा निवासी २० र ६५ वर्षीय दुई पुरूषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। अहिले उनीहरूको अवस्था सामान्य भएको मन्त्रालयले उल्लेख गरेको छ।

 

प्रकाशित मिति: २०२०-०५-१६ , समय : २१:३२:४५ , ६ वर्ष अगाडि