Enepal Patra Pvt. Ltd. , ५३४ पटक हेरिएको
काठमान्डौ, २ जेठ । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।
शुक्रबार बिहान र साँझ ९र९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।
बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुनस् पोजेटिभ देखिएको छ ।
हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।
प्रकाशित मिति: २०२०-०५-१५ , समय : २२:५७:०७ , ५ वर्ष अगाडि