सुनसरी मोरङका मौरी पालक कृषकलाई गुणस्तरिय रानी वितरण

Enepal Patra Pvt. Ltd. , ६४६  पटक हेरिएको

लेटाङ, २ जेठ । मौरी पालक कृषकलाई कृषकलाई अगुवा मौरी पालक कृषकहरुलाई गूणस्तरि रानी वितरण गरिएको छ ।
मौरी विकास केन्द्र ललितपूरको सहयोगमा मनकामना मौरी पालन स्रोत केन्द्र लेटाङले उत्पादन गरेको गूणस्तरिय रानी वितरण गरिएको हो । सुनसरी तथा मोरङका अगुवा कृषकहरुलाई गुणस्तरिय रानी वितरण गरिएको मनकामना मौरी पालन स्रोतका सञ्चालक ईमनाथ पोख्रेलले जानकारी दिनुभयो । हाल २२ वटा रानी सुनसरी र मोरङका कृषकलाई वितरण गरिएको र आगामी दिनमा अरु रानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका कृषी शाखा प्रमुख करण श्रेष्ठले कृषकहरुलाई रानी बितरण गर्नु भयो । उहाँले सोही कार्यक्रममा आगामी आर्थिक बर्षमा योजना बनाएर मौरी पालनको योजना ल्याउने जानकारी दिनुभयो । लेटाङ नगरपालिकामा हाल सम्म मौरी पालनको कार्यक्रम नभएको र आगामी दिनमा मौरी पालनको कार्यक्रम ल्याईने वताउनुभयो ।
प्रदेश नं. १ मा झापा र मोरङमा २ वटा मात्र मौरी पालन स्रोत केन्द्र छन् । लेटाङ क्षेत्र मौरी पालनका लागि अत्यन्तै उपयोगी क्षेत्र भएकाले यसलाई सरकारले समेत विशेष योजना ल्याउन आबश्यक देखिन्छ ।

प्रकाशित मिति: २०२०-०५-१५ , समय : २२:०६:०४ , ४ वर्ष अगाडि