कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता

Enepal Patra Pvt. Ltd. , ४८५  पटक हेरिएको

एजेन्सी, २ जेठ । अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष निकाले ।

अब यो भ्याक्सिनको ट्रायल मानिसमाथि चलिरहेको बताइएको छ । साथै केही अन्य वैज्ञानिकमार्फत् भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिइएको छ । बेलायतको औषधी निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसको भ्याक्सिनमाथि काम सुरु गरेको जानकारी दिएको थियो ।

बाँदरमा ट्रायलः

अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा ६ बाँदरलाई कोरोनाभाइरसको भारी डोज दिनुअघि उनीहरुलाई यो भ्याक्सिन दिइएको बताए । उनीहरुका अनुसार केही बाँदरमा भ्याक्सिन लगाएको १४ दिनमा एन्टीबडी विकसित भयो भने कतिलाई २८ दिन लाग्यो ।

शोधकर्ता भन्छन्, ‘कोरोनाभाइरसको सम्पर्कमा आएपछि यो भ्याक्सिनले ती बाँदरको फोक्सोमा क्षती हुनबाट जोगायो र भाइरसलाई शरीरमा आफैं बढ्न र विकसित हुन रोक्यो । तर भाइरस अहिले पनि नाकमा सक्रिय भइरहेको देखिएको छ ।’

लण्डन स्कूल अफ हाइनीज एण्ड ट्रपिकल मेडिसिनका एक प्राध्यापक, डाक्टर स्टिफन इवांसले भने, ‘बाँदरमाथि गरिएको अनुसन्धानको जुन नतिजा आएको छ, त्यो निश्चित रुपमा राम्रो खबर हो ।’

उनले थपे, ‘यो अक्सफोर्ड भ्याक्सिनका लागि एउटा ठूलो बाधा जस्तो थियो जसलाई उनीहरुले निकै राम्रो तरिकाले पार गरेका छन् ।’

सफल हुने सम्भावना कति ?

भ्याक्सिन विकसित गर्ने प्रक्रियामा बाँदर माथि सफल हुनुलाई निकै महत्वपूर्ण मानिन्छ । तर वैज्ञानिकको जानकारीका अनुसार थुप्रै भ्याक्सिन जसले प्रयोगशालामा बाँदरको रक्षा गर्न सफल हुन्छ त्यो अन्ततः मानिसको सुरक्षा गर्न विफल हुने गर्छ ।

प्राध्यापक इवांस भन्छन्, ‘जुन भ्याक्सिनले काम गर्दैनन् त्यसले सुरक्षा दिनुको साटो थुप्रै पटक रोगलाई थप भयानक बनाउने गर्छन् ।

SARS-CoV-2  को भ्याक्सिन विकसित गर्नमा एक सैद्धान्तिक चिन्ता त निश्चित रुपमा रहन्छ र यो अध्ययनमा विभिन्न नकारात्मक प्रमाण नभेटिनु नै यसको सबैभन्दा उत्साहजनक पाटो हो ।’

अनुसन्धानकर्ताका अनुसार १३ मे सम्म यो अनुसन्धानका लागि स्वेच्छाले अगाडि आएका करिब १ हजार व्यक्तिमा ट्रायलको रुपमा यो भ्याक्सिन लगाइसकिएको छ । अनुसन्धानकर्तालाई अब एक महिनाभित्र केही स्पष्ट निष्कर्षसम्म पुग्ने आशा राखेका छन् ।

के अन्य स्थानमा पनि काम जारी छ ?

संसारका केही अन्य देशमा पनि कोरोनाभाइरसको भ्याक्सिनको ट्रायल चलिरहेको छ जुन मानव परिक्षणको स्टेजसम्म पुगिसकेको छ । मोडनौ कम्पनीको MRNA.O, फाइजर कम्पनीको PFE.N, बायोएन.टेक कम्पनीको 22UAy.F र चीनको कानसिंनो बायोलोजिक्स कम्पनीको 6185.HK यसमा समावेश छन् । विश्वव्यापी रुपमा कोरोनाभाइरससँग लड्नका लागि सय बढी भ्याक्सिनमा काम चलिरहेको छ ।

तर ४० लाख बढी व्यक्ति संक्रमित बनाइसकेको र तीन लाखभन्दा बढीको ज्यान लिइसकेको यो भाइरसको भ्याक्सिन तयार गर्नेहरुको सामुन्ने चुनौती यो छ कि, यदि भ्याक्सिन बनिहाले पनि यसको कति डोज तयार गर्ने हो ?

साधारणतया, एउटा भ्याक्सिन विकसित गर्नमा १० वर्षसम्मको समय लाग्न सक्छ । तर महामारीको तान्डव देखेर र मृतकको संख्या हेरेर ठूला अनुसन्धानकर्ता कोरोनाभाइरसको भ्याक्सिन चाँडोभन्दा चाँडो विकसित गर्नमा प्रयासरत छन् ।

स्रोतः बीबीसी

प्रकाशित मिति: २०२०-०५-१५ , समय : १३:२४:३९ , ४ वर्ष अगाडि