नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

कुल संक्रमितको संख्या १९१ पूग्याे

Enepal Patra Pvt. Ltd. , ४५९  पटक हेरिएको

काठमाडौं, ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रकाशित मिति: २०२०-०५-१२ , समय : १३:२४:५६ , ४ वर्ष अगाडि