अमेरिकामा ८१ हजार नाघ्यो कोरोना बाट मृत्यु हुनेको संख्या

Enepal Patra Pvt. Ltd. , ४९१  पटक हेरिएको

 

काठमाण्डौ, ३० बैशाख। कोरोना सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या पनि झण्डै १४ लाख पुगेको छ । अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामासङ्क्रमितमध्ये दुई लाख ६० हजार ६ सय ३८ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ४७ हजार १ सय ५१ सङ्क्रमित छन् । त्यहाँ २७ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै न्यूजर्सीमा एक लाख ४१ हजार एक सय ३७ जना सङ्क्रमित छन् भने ९ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: २०२०-०५-१२ , समय : ०८:०७:४६ , ४ वर्ष अगाडि