वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य, ९९ पुगे संक्रमित

Enepal Patra Pvt. Ltd. , ७५४  पटक हेरिएको

बिरगन्ज २४ बैशाख । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् । उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा। मदन उपाध्यायले बताए ।

प्रकाशित मिति: २०२०-०५-०६ , समय : १७:३१:२४ , ४ वर्ष अगाडि