थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

Enepal Patra Pvt. Ltd. , ४३९  पटक हेरिएको

काठमाडौं, १९ बैशाख ।  नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेको नेपालगंजका ६० वर्षका पुरुषमा कोरोनाको संक्रमण देखिएको हो।

उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।

आज ९शुक्रबार० थप भएका २ जनासहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: २०२०-०५-०१ , समय : १४:४२:४० , ४ वर्ष अगाडि