सुनिता मगर सर्वोत्कृष्ट प्रहरी घोषित

Enepal Patra Pvt. Ltd. , ४५२  पटक हेरिएको

बिराटनगर, १८ बैशाख ।प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

 

विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भइ काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ठ प्रहरी घोषण गरिएको हो ।

प्रदेश प्रहरी तालिमकेन्द्र १ नं प्रदेश विराटनगरमा प्रहरी जवान पदमा मगरले काम गरिरहेकी छन् । प्रदेश प्रहरीले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०२०-०५-०१ , समय : ०८:१८:५६ , ४ वर्ष अगाडि