मकैमा देखिएको फौजी किराको उपचारमा जुट्यो लेटाङ नगरपालिका

Enepal Patra Pvt. Ltd. , १३३८  पटक हेरिएको

लेटाङ, १७ बैशाख । लेटाङ नगरपालिका वडा नं. २ मा ४ जना किसानहरुले लगाएको १० विगाहा जग्गाको मकै खेतीमा प्रकोपका रुपमा देखिएको अमेरिकन फौजी किराको उपचार गरिएको छ ।
लेटाङ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उपचार भएपछि किसानहरुलाई पर्ने जोखिम कम हुने भएको छ । अमेरिकन फौजी किराले मकैको गुवो र पात खाईदिएपछि किसानहरु चिन्तित भईरहेका छन् । लेटाङ नगरपालिकाका प्राय सबै क्षेत्रमा यो किराको प्रकोप देखिएको छ ।
यसका नियन्त्रणका लागि नगरपालिकाले निशुल्क विषाधी दिईरहेको छ भने नगरपालिको कृषी प्राबिधिक टोलीले किसानको मकै वालीको अनुगम तथा निरिक्षण गरि विषाधीको दिईरहेको छ । सुचनाका आधारमा सवै ठाउमा पूगेर यसको निरिक्षण गरेर विषाधी दिईने लेटाङ नगरपालिकाका कृषी शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०४-२९ , समय : २०:५९:०३ , ४ वर्ष अगाडि