७९ जना स्थानियलाई काठमान्डौबाट लेटाङ ल्याईयो

Enepal Patra Pvt. Ltd. , ८५६  पटक हेरिएको

लेटाङ, १५ बैशाख । लेटाङ नगरपालिका वडा नं. ३ र ४को समन्वयमा आफ्ना वडा सहितका ७९ जना नगरवासीहरुलाई लेटाङ ल्याएको छ । वडा कार्यालयले अस्ती २ वटा बस काठमान्डौ पठाएको थियो । उनिहरु आज मध्यान्न लेटाङ आईपुगेका हुन् ।

उनिहरुलाई लेटाङ भित्रना साथ ज्वरो मापन गरिएको थियो भने स्वास्थ्य संबेदनशिलतालाई ख्याल गर्दै १४ दिन सम्म होम क्वारेन्टाईनमा बस्ने ब्यवस्था गरिने लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुभयो । कोही आफ्ना वडाका नागरिक काठमान्डौ वा नगरवाहिर अलपत्र परेको भए अन्य वडाहरु संग समन्वय गरेर लेटाङ ल्याईने जनाउनुभयो । ल्याईएका नगरवासीहरुलाई नगरपालिका,स्वास्थ्य शाखा , प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रहरीले अनुगमन गर्ने र केही समस्या देखिएमा सम्बन्धित निकायमा खबर गरिहाल्न समेत सुझाउनुभएको छ ।

काठमान्डौ सहित विभिन्न पालिका तथा सुरुक्षा निकाय संग समन्वय गर्दै आफ्ना नागरिकहरुलाई लेटाङ ल्याईपूयाईएको लेटाङ ४ का वडा अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो ।

कोरोना भाईसरसका कारण देश लकडाउनमा परेकाले कामका शिलशिलामा काठमान्डौमा रहेका नगरवासीलाई लेटाङ ल्याईएको हो । केही दिन अघि वडा नं. २ का ३२ जनालाई पनि लेटाङ ल्याईसकिएको छ । उनिहरु हाल सामान्य रहेका र होम क्वारेन्टाईनमै रहेका लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । आफ्ना नगरवासीहरु नगरवाहिर भएर अलपत्र परेको भए सम्पर्कका लागि आफ्ना वडाहरुलाई अझै सम्पर्क गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०४-२७ , समय : १३:२९:५२ , ४ वर्ष अगाडि