र्‍यापिड टेस्ट रोक्न कांग्रेसको माग

Enepal Patra Pvt. Ltd. , ६८६  पटक हेरिएको

काठमाडौं, १४ वैशाख। प्रमुख विपक्षी नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।’

र्‍यापिड टेस्टले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला कांग्रेसले त्यसलाई रोकेर पीसीआरकै क्षमता र दायरा बढाउन भनेको हो ।

र्‍यापिड टेस्टले दुर्घटना त निम्त्याइरहेको छैन ?

कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको ठहर गर्दै कांग्रेसले आवश्यक गति बढाउनु पर्ने जनाएको छ ।

स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पीपीई लगायतका गुणस्तरीय सामग्री उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने घटना रोक्न, अस्पतालहरुको हालको क्षमता अधिकतम उपयोग गर्दै जनशक्ति र उपकरण थप्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ ।

अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न र अत्यावश्यक औषधिका उत्पादन र आयातमा सचेत रहन र क्वारेन्टाइन उचित ब्यवस्थापन पनि गर्नुपर्ने कांग्रेसको ठहर छ ।

प्रकाशित मिति: २०२०-०४-२६ , समय : २०:३२:३४ , ४ वर्ष अगाडि