पाँच स्थानमा ज्वरो नाप्ने स्वास्थ्यकर्मीकाे टाेली परिचालन

Enepal Patra Pvt. Ltd. , ९९६  पटक हेरिएको

माेरङ,१२ बैशाख ।माेरङकाे कानेपाेखरी गाउँपालिकाले पालिका भित्रका तीनवटै स्वास्थ्य चाैकी र अन्य दुई प्रवेशद्वारमा थर्मल गन सहितकाे स्वास्थ्य टाेली राखेको छ ।
शुक्रबार कानेपाेखरी ७ काे कानेपाेखरी चाैकमा स्वास्थ्य टाेली स्थापना गर्दै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले थप दुई स्थानमा स्वास्थ्य टाेली राख्ने तयारी भइरहेको बताउनु भयाे । बाहिरबाट धमाधम मानिसहरू गाउँ फर्किन थालेपछि उनीहरूकाे ज्वराे नाप्न सबै नाकामा टाेली राखिएको काफ्लेले जनाउनु भयाे । गम्भीर प्रकृतिका भए सरकारले स्थापना गरेका क्वारेन्टिनमा पठाइने छ भने सामान्य अवस्थामा रहेका बिरामीलाई घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाइने गाउँपालिका स्वास्थ्य संयाेजक राेहिन्द्र राजभण्डारीले बताउनुभयो ।
प्रत्येक नाकामा दुई सिफ्टमा स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

प्रकाशित मिति: २०२०-०४-२४ , समय : २०:१४:४२ , ४ वर्ष अगाडि