वडाध्यक्ष लुईटेल भन्छन् : वडाले नै निशुल्क औषधि वितरण गर्छ

Enepal Patra Pvt. Ltd. , १०३०  पटक हेरिएको

डम्बर सिन्चिउरी

लेटाङ्ग, ६ बैशाख ।  कोभिड १९ कोरोनाको कहर बाट देशबासीलाई बँचाउन सरकारले देशै भरी लकडाउन गरेको छ । सरकार ले यस्तो लकडाउन गत ०७६ चैत्र ११ देखि पटक पटक म्याद थप गरेर आगामि ०७७ बैशाख १५ सम्म बढाएर लगाएको छ । अझ पनि लकडाउनको म्याद कहिले अन्त हुन्छ भन्ने समय कसैले आँकलन गर्न सकिरहेको छैन ।
यस्तो विषम परिस्थिति मा देशका ठुलै नाम चलेका अस्पताल ले समेत विमारी अन्यत्रै रिफर गरिरहेको अवस्था छ । सर्वसाधरणले औषधि किन्न पाउनु त परै जाओस् विमारी भएर अस्पताल जानका लागि समेत आकासको तारा झार्नु परे जस्तै हुन्छ । त्यस माथी पेशा बन्द भएर सरकारी राहातमा बाँच्नु पर्याछ । अलिअलि पैसा हुनेको पनि सकि सक्यो । विदेशबाट आउने बाटो पनि बन्द छ । बैंकमा भएको पैसा पनि बैंक सम्म जान या एटिएम सम्म जानका लागि कुनै माध्यम छैन । माध्यम भए पनि घरबाट निक्लनै नपाउने अवस्था छ । लुकीछिपी कुनै समय निकालेर नजिकैको औषधिपसल पुग्दा पसल कि त बन्द भेटिन्छ , कि त पसले ले तपाईको औषधि छैन या पाईन्दैन जस्ता वचन दिनछन् । यो त बाहिरी परिस्थिति ,तर भित्रि परिस्थिति त झन काहालि लाग्दो छ भन्दा अतियुक्ति नहोला ?
यति बेला देशका जनता सबै एउटै रेखामा उभिएको अवस्था छ । को धनी को गरिब सबैको एउटै अवस्था भैरहेको छ । पुनः सरकारले लकडाउनको म्याद थपेमा जसले आफ्नो प्राण ‍औषधि सँग साटिरहेका छन् ,उनिहरुको अवस्था झन कस्तो होला ? त्यो त सपनामा पनि सायदै कसैले सोँच्याहोला ?
यो परिस्थिति अरु अरुले कसरी लिएका छन् थाहा भएन तर उत्तरी मोरङ्ग लेटाङ्ग ९ जाँतेका वडाध्यक्षले भने एकदमै जनताको भावना भित्रै बाट सम्मान जनक ढंग बाट लिएका छन् । विगतमा वडामा रहेका विभिन्न रोग लागेर ‍‍‍औषधि सेवन गरीरहेका विमारीहरुको अवस्था जस्तो वित्यो वित्यो । अब भने आगामी लगडाउन सम्मको लागि भए पनि राहात दिने उद्देश्यले आगामी १० दिनका लागि वडाको तर्फ बाट निशुल्क ‍‍औषधि वितरण गर्न लागिएको वडाध्यक्ष कृष्ण लुईटेलले वताएका छन् ।
राहात स्वरुप वितरण गर्न लागिएको उक्त औषधि वडाभरीका जस्तोसुकै विमारी भए पनि लामो समय औषधि सेवन गरिरहेका विमारीले प्राप्त गर्ने अध्यक्ष लुईटेलले जनाएका छन् । आगामि दिनका बारे वडाध्यक्ष भन्छन् अहिलेलाई १० दिनका लागि शुरु गरिएको निशुल्क औषधि वितरणको योजना आगामी लकडाउनको अवस्थामा भर पर्ने छ । यदि लकडाउन थपिएर वडावासिको अवस्था अझ जटिल बन्दै गए योजना जारी राख्ने पहल गर्ने पनि वताएका छन् ।

प्रकाशित मिति: २०२०-०४-१८ , समय : १६:५४:२५ , ४ वर्ष अगाडि