साना किसान कृषि सहकारीका अध्यक्ष बिमलिको निधन

Enepal Patra Pvt. Ltd. , १७३४  पटक हेरिएको

लेटाङ, ३ बैशाख । सानाकिसान कृषि सहकारी संस्था लेटाङ ८ जाँतेका  अध्यक्ष डिल्ली प्रसाद बिमलिको ५६ बर्षको उमेरमा निधन भएको छ । पेट सम्बन्धी रोग लागेर उपचार गरिरहेका बिमलिको आफ्नै घरमा आज बिहान निधन भएको पारिबारिक श्रोतले जनाएको छ ।
बिमली अपाङ संघ लेटाङका अध्यक्ष समेत हुनुहुन्थ्यो भने लेटाङ नगरपालिकाको मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो ।
बिमली श्रीमती , २ छोरा र १ छोरी सहित लेटाङ ८ मा बस्नुहुन्थ्यो ।

प्रकाशित मिति: २०२०-०४-१५ , समय : ०८:१८:४२ , ४ वर्ष अगाडि