थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

Enepal Patra Pvt. Ltd. , ७१९  पटक हेरिएको

काठमाडौं,१ वैशाख । नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमित संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै रौतहटको क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि फेला परेको छ
¥यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा कोभिड–१९० पछि काठमाडौमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हो ।
उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लक डाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।
उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: २०२०-०४-१३ , समय : १७:३९:३४ , ४ वर्ष अगाडि