कोरोना बिरुद्ध लड्ने शक्ति प्राप्त होस – कांग्रेस सचेतक राई

Enepal Patra Pvt. Ltd. , १०६९  पटक हेरिएको

मोरङ, १ बैशाख । प्रदेश नं. १ मा नेपाली कांग्रेस संसदीय दलका सचेतक एवं नेपाली कांग्रेसका युवा नेता सुयर्माराज राईले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै विश्वभर महामारीका रुपमा देखिएको कोरोना भाइरस विरुद्ध लड्ने क्षमता देश विदेशमा बस्ने सबै नेपालीमा प्राप्त होस भन्ने कामना गर्नु भएको छ । सोमबार बिहान शुभकामना दिँदै उहाँले यो वर्ष महामारी कोराना भाइरस कोभिड १९ विरुद्ध र लड्नु पर्ने र जित्नु एक मात्र साझा समस्या हामी बीच रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले २०७७ मा कोरोनालाई पराजित गर्ने शक्ति सबैमा प्राप्त होस भन्ने शुभेच्छा प्रकट गर्नु भएको छ । उहाँले सबैलाई घर मै बसेर सुरक्षित रहन आग्रह गर्दै आपसी सद्भाव अझ प्रगाढ रहोस भन्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०४-१३ , समय : १२:२३:१० , ६ वर्ष अगाडि