नियतवस अनुपस्थित भएर सहयोग अस्विकार गरेको होइन् – कानेपोखरी गाउँपालिका

Enepal Patra Pvt. Ltd. , २५५९  पटक हेरिएको

कानेपोखरी(मोरङ) १ बैशाख । मोरङको कानेपोखरी गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै चैत २७ गते बेलबारी नगरपालिकामा भएको राहत हस्तान्तरण कार्यक्रममा पर्याप्त समन्वय र सूचनाको अभावका कारण गाउँपालिका राहत कार्यक्रममा सहभागि हुन नसकेको जनाएको छ । उक्त कार्यक्रममा कुनै पनि नियतवस अनुपस्थित भएर सहयोग अस्विकार गरेको होइन् । गाउँपालिकाले सहयोग जहिले पनि स्वीकार्न तयार रहेको समेत प्रष्ट पारेको छ ।
विज्ञप्तिमा गाउँपालिकाले दातामहानुभावहरूलाई गाउँपलिकासँग आवश्यक समन्वय गरी आफ्नो ईच्छा अनुसारको राहत उदारता पूर्वक प्रदान गरी यो महा विपत्तिबाट सिर्जित सङ्कट न्यूनीकरण गर्न समेत आग्रह गरिएको छ । चैत २७ गते नोवेल शिक्षण अस्पतालका सञ्चालक एवं नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर सुनील शर्माले राहत हस्तान्तरण गर्ने कार्यक्रम तय भएको थियो । शर्माले मोरङ क्षेत्र नं. ३ का बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकालाई कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति सामना गर्न नगर र गाउँपालिकाले गठन गरेको राहत कोषमा ३० लाख ३६ हजार रुपियाँ राहत सहयोग गर्ने कार्यक्रम थियो । तर, उक्त कार्यक्रममा कानेपोखरी गाउँपालिका सहभागि नभएपछि सामाजिक सञ्जाल र विभिन्न अनलाइर्न न्युज पोर्टलमा गाउँपालिकाको पक्ष र विपक्षमा समाचार आएको थियो ।

त्यति मात्र सामाजिक सञ्जालमा समेत राहत नलिएको विषय गम्भीर रुपमा उठेपछि गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो । गाउँपालिकाले विज्ञप्ति सार्वजनिक गरेपछि विवादले नयाँ रुप लिएको थियो । नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका समितिले विज्ञप्ति निकालेर राहत नलिएको विषय अक्षम्य गल्ती भन्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै कांग्रेसले आफै राहत संकलन र वितरण गर्ने जानकारी दिएपछि गाउँपालिकाले आइतबार कांग्रेस प्रतिनिधिहरूसँग छलफल गरेको थियो । छलफल पछि गाउँपालिकाले राहत हस्तान्तरण कार्यक्रममा प्रर्याप्त समन्वय र सूचनाको अभावका कारण सहभागि हुन नसकेको जनाएको हो ।

पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ३ बाट कांग्रेसको उम्मेद्वार समेत रहेका डाक्टर सुनील शर्माले नोवेल मेडिकल कलेजका तर्फबाट आर्थिक सहयोग गर्नु भएको थियो । तर, उक्त सहयोगलाई कांग्रेसले दिएको भनेर चर्चा हुनु दुर्भाग्य भएको केही कांग्रेस नेताले हरूले बताएका छन् । यता कानेपोखरी गाउँपालिकाले पनि डाक्टर शर्मा कांग्रेस भएकै कारण राहत नलिएको चर्चा भएको थियो ।
यि दुबै सोचाई अतिबादी सोचाई हुन् । सामाजिक सञ्जालमा प्रतिक्रिया आएका थिए ।
गाउँपालिकाका तर्फबाट चैत २७ र ३० गते प्रवक्ता सुशील बुढाथोकीले विज्ञप्ति प्रकाशित गनु भएको हो ।

प्रकाशित मिति: २०२०-०४-१३ , समय : ११:५४:०५ , ४ वर्ष अगाडि