नगरको राहत कोषमा ८ लाख १७ हजार बढी जम्मा

Enepal Patra Pvt. Ltd. , १२०४  पटक हेरिएको

 

पथरीशनिश्चरे, २६ चैत । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको हो ।

जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गर्न थालिएको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली :- ….

१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) – १ लाख १ हजार

२, लर्डबुद्ध साकोस (प श, २ ) – २० हजार १

३, महिला जातृति सामुदायिक वन (प श, ९) – १५ हजार

४, सागर तुम्वापो (प श ३, हाल इजरायल) –  १५ हजार

५, रोशन खरेल (प श, ९) –  १० हजार

६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) –  ३ हजार

७, मनकामना साकोस . (प श १) –  २१ हजार

८, काँशीराज राई ( प श ७, ) –  १० हजार

९, अनोज घिमिरे ( प श १०, ) –  १० हजार

१०, हरिराज प्याकुरेल ( प श १) –  ५ हजार १ सय

११, उत्साही साना किसान सहकारी संस्था (प श)

( कृषि विकास बैंकमार्फत) –  २५ हजार

१२, शनिश्चरे साकोस ( प श ९) –  १५ हजार

१३, रञ्जित मगर, अमृता मगर ( प श ९) –  ३ हजार

१४, तलेजु साकोस ( प श ९) –  १० हजार

१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) –  ५ लाख ५४ हजार १ सय ११

प्रकाशित मिति: २०२०-०४-०८ , समय : १८:०१:५४ , ४ वर्ष अगाडि