८३ जना कै स्वाब रिपोर्ट नेगेटिभ,६१३ जना सबैको स्वास्थ्य स्थिति सामान्य

Enepal Patra Pvt. Ltd. , ६४७  पटक हेरिएको

विराटनगर २५ चैत । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मङ्गलबार संकलन गरेको विभिन्न १८ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आजसम्म प्रतिष्ठानले पुर्वी नेपालका विभिन्न ८३ जनाको स्वाब संकलन गरि परीक्षण गरिसकेको छ । जसमा सबै ८३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
सरकारले निर्माण गरेका स्वास्थ्य निगरानी कक्षमा रहेका व्यक्तिको संख्या ६१३ जना रहेकोमा सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ ।
जिल्लागत रुपमा यस्तो छ । क्वाइन्टाइनमा बस्नेको सङ्ख्यात्मक स्थित
झापा – २१०
मोरङ– १५५
उदयपुर–६७
इलाम– ३१
पाँचथर –५५
सुनसरी–२३
खोटाङ– १५
ताप्लेजुङ–१०
ओखलढुंगा–४
भोजपुर– १२
तेह्रथुम –३१
हाल धनकुटा , संखुवासभा र सोलुखुम्बु जिल्लामा कोही पनि निगरानीमा बसेका छैनन् ।
यस्तै सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायको निगरानीमा ज्यmभ त्तगबचबलतष्लभ मा रहेको संख्या २ हजार ८८५ जना रहेको छ । झापा ५३४
जना ,मोरङमा –१ हजार १२७ जना ,उदयपुरमा २०४ जना, इलाममा ३८२, जना ब्यक्ति स्वयं निगरानीमा बस्नु भएको छ । यस्तै सुनसरीमा २३७, खोटाङमा १३७ जना, ओखलढुंगामा १४० जना, भोजपुरमा ८४ जना ,भोजपुरमा ८४ जना, तेह्रथुममा ३ जना, धनकुटामा १२ जना, संखुवासभामा १४ जना, सोलुखुम्बुमा ११ जना स्वयं निगरानीमा रहेका छन् । पाँचथर र ताप्लेजुङ जिल्लामा कोही पनि नीजि निगरानीमा नरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२०-०४-०७ , समय : २२:३१:१३ , ४ वर्ष अगाडि