कोरोना नियन्त्रण अभियानमा सय युवा परिचालन

Enepal Patra Pvt. Ltd. , १०४४  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), २४ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना संक्रमण विरुद्ध अभियान सञ्चालन गर्न १ सय जना युवा परिचालन गरिने भएको छ ।
नगरमा १० वटा वडा छन् । प्रत्येक वडाबाट १०÷१० जनाको टिम बनाएर युवा परिचालन गरिने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले बताउनुभयो ।
नगरको वडा नं. १, ४, ७, र १० मा प्रहरीले परिचालन समुह तयार गरिसकेको छ । बाँकी वडामा पनि क्रमस समूह तयारी गरिने उहाँले बताउनु भयो । इलाका प्रहरी कार्यालय पथरीको मातहतमा पर्ने कानेपोखरी गाउँपालिकामा पनि युवा परिचालन गरिने छ । कानेपोखरीमा ७ वटा वडा छन् ।मङ्गलबार सम्ममा पथरीशनिश्चरे र कानेपोखरी गाउापालिकामा समुह तयार गरी त्यसको नामावली प्रदेश प्रहरी कार्यालयमा पठाइने प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो ।
हाललाई कोरोना रोकथाम र न्यूनीकरणका लागि युवा परिचालन गर्न लागिएको भए पनि भविष्यमा यही समूहलाई समाजको अपराध न्यूनीकरण र रोकथाममा परिचालन गरिने गिरीले बताउनुभयो । समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीको साथी म’ लेखिएको टिर्सटपनि ति स्वयंम् सेवकलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १९:४३:१२ , ४ वर्ष अगाडि