मोरङका तीन स्थानमा आगलागी

Enepal Patra Pvt. Ltd. , ४९८  पटक हेरिएको

मोरङ २४ चैत । मोरङको सुनवर्सी –६ पटियापाडाका प्रेम पौडेलको ग्वाली र कुखुराको फर्ममा आइतबार साँझ आगलागी भएको छ ।
गहुँको भुसबाट सल्केको आगोले फुसको छानोले बनेको कुखुराको फर्म, फुसकै छानो भएको ग्वाली समेत जलेर खरानी भएको छ । जस्ताले छाएको धान राख्ने गोदाममा पनि आगो लागेको प्रहरी चौकी डाइनियाँले जनाएको छ । आगलागी रङ्गेली नगरपालिकाको वारुणयन्त्र र स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रण लिएको थियो । प्रहरीका अनुसार आगलागीबाट ४ हजार केजी धान, ८ सय केजी मकै ,कुखुराको फर्म र स्थानीय जातका ४० कुखुरा जलेका छन् । झण्डै ११ लाख रुपियाँ आगलागीबाट क्षति भएको छ प्रहरीको भनाई छ । उता विराटनगर महानगरको वडा नं. ३ स्थित एएसटी प्राइभेट लिमिटेडको सावुन उद्योगमा सोमबार बिहान पौने ३ बजे आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भइ सकेको छैन् ।बाबुराज ओझाको जस्ताले छाएको घरमा उद्योग सञ्चालन हुँदै आएको थियो ।
यस्तै आइतबार दिउँसो पौने ३ बजे सुन्दरहरैचा ३ सिसौघारीस्थित राजन श्रेष्ठको घर पछाडिको जस्ता र काठले बनेको बाख्राको खोरमा आगलागी भएको छ । आगलागीबाट ५० हजार क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १२:२९:२१ , ४ वर्ष अगाडि