कोरोना भाइरस पीडितका लागि खुशीको खबर

Enepal Patra Pvt. Ltd. , ५९६  पटक हेरिएको

काठमाडौं २३ चैैत। कोरोना भाइरसका कारण निराश विश्व औषधीको प्रतिक्षामा अत्तालिएको छ । चीनले आफ्ना नागकिलाई तातो पानी पियर, सरसफाईमा ध्यान दिएर, मान्छेसँगको दूरी बढाएर नियन्त्रण ल्याएको छ । अबको आठ दश दिनमा कोरोना भाइर (कोभिड–१९) संक्रमितको संख्या शुन्य हुने चीनको दावी छ । चिनियाँ डाक्टहरुको सुझाव छ– दिनमा ८–१० गिलास तातो पानी खानुस् । अन्य विरामीले भिटामिन सी नटुटाउनुस् भन्ने चाइनिज डाक्टरको सिफारिस हुनेगर्छ । आप्नो उपचार गर्ने आफैंले गर्ने हो, त्यसैले सचेत बन्नु नै उपचार विधी हो ।

एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित, मोनाश युनिभर्सिटीको अध्ययनले देखायो कि इभर्मेक्टिनको एक डोजले कोरोना भाइरसको आनुवंशिक स्वरूपसिहत कोषलाइ दुई दिनभित्र प्रभावकारी ढंगले मेटाउन सक्छ ।

यता अष्ट्रेलियाली वैज्ञानिकहरूले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टा भित्र कोरोना भाइरसको सेललाइ पूर्णरूपमा मानर्सक्ने पत्ता लगाएका छन । कोरोना भाइरसको अनुसन्धानमा संलग्न डाक्टरहरुका अनुसार इभर्मेक्टिन एफडीए– अनुमोदित एन्टी–परजीवी औषधि हो जुन जुम्रा र लुतो रोगथाममा प्रयोग हुदै आएकोछ । साथै यो दवाइ एचआईभी, डेंगू, इन्फ्लूएन्जा र जीका भाइरस लगायतका भाइरसहरू विरुद्ध पनि प्रभावकारी देखिएको छ ।

एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित, मोनाश युनिभर्सिटीको अध्ययनले देखायो कि इभर्मेक्टिनको एक डोजले कोरोना भाइरसको आनुवंशिक स्वरूपसिहत कोषलाइ दुई दिनभित्र प्रभावकारी ढंगले मेटाउन सक्छ ।

“हामीले पत्ता लगायौं कि एकल खुराकले पनि ४८ घण्टामा सबै भाइरल आरएनएलाई पूर्ण रूपमा हटाउन सक्छ “ अध्ययनका प्रमुख लेखक डा। काइली वागस्टाफले भनेकी छन । डा. वाग्स्टाफले यो अध्ययन प्रयोगशालामा गरिएको र अब मानवमा परीक्षण गरिने बताएकी छन् ।

यसअघि अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका थिए । यो खोप सुरुमा मुसामा परीक्षण गरिएको र दुई सातामा खोपको प्रभावले मुसामा भाइरसविरुद्ध एन्टिविडिज विकास भएको सार्वजनिक रुपमै बताइएको थियो । यो खोप कोरोना भाइरसका लागि निकै प्रभावकारी हुने र यो खोप लिँदा कुनै पीडा नहुने शोधकर्ताहरुले बताएका छन् ।
स्रोत: डेली मेल

प्रकाशित मिति: २०२०-०४-०५ , समय : ०७:४२:५८ , ४ वर्ष अगाडि