कोठामा बसेर पढ्ने विद्यार्थीको घर घरमा खाद्यन्न पुराउदै सुनसरी नेविसंघ

Enepal Patra Pvt. Ltd. , १४४२  पटक हेरिएको

इटहरी, २२ चैत। कोठा बसेर पढ्ने विद्यार्थीहरुमा खाद्यन्न अभाब हुन नदिन नेपाल विद्यार्थी संघले घर घरमा खाद्यन्न पुराईदिएको छ । धरान र इटहरी क्षेत्रमा कोठामा बसेर पढ्नेहरुलाई नेपाली विद्यार्थी संघ सुनसरीको नेतृत्वमा घर घरमा खाद्यन्न उपलब्ध गराएको हो । कोरोना त्रासमा नेविसंघले सक्रियता देखाएको छ ।

जनता बहुमुखी क्याम्पस इकाई समितिले भाडामा बस्ने विद्यार्थीको कोठामै अत्यावश्यक सामाग्री पराईदिएको छ । जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययन गर्ने विद्यार्थीको दैनिक गुजारामा समस्या परेको भन्दै समितिले कोठासम्मै सामान पुर्याउन लागेको सभापति सहदेव काफ्लेले बताए ।

कोरोना भाइरसको महामारीबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको कारण भाडामा बस्ने विद्यार्थीको गुजारामै समस्या परेको भन्दै नेबिसङ्घले कोठामै सामाग्री लगि दिएको हो । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सबै संकायका डेरामा बस्ने विधार्थीहरुलाई नेवि सङ्घ इकाई समितिले सहयोग गरिरहेको छ । नेवि सङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवहाक सभापति दोर्चि शेर्पाले आफुहरुले सहयोग गरिरहेको बताए ।

नेपाल विद्यार्थी संघ सुनसरीका सभापति मन्दिप भट्टराईले विद्यार्थीह्रुलाई खाद्यन्न अभाब हुन नदिन विद्यार्थीहरुलाई सहयोग गरेको जनाए । हामीले कोठामा बस्दै आएका विद्यार्थीहरुको घर घरमा खाद्यन्न समेत पुराईसकेका छौ सभापति भट्टराईले भने । अन्यत्र ठाउँबाट पढ्न आएका विद्यार्थीहरुलाई खाद्यन्न संकट हुन नदिन आफुहरुले लागि परेको भट्टराईको भनाई थियो ।

प्रकाशित मिति: २०२०-०४-०४ , समय : २०:५३:०३ , ४ वर्ष अगाडि