विश्वविद्यालय छात्रावासमा रहेका विद्यार्थीहरूका लागि खाद्य सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , १०४२  पटक हेरिएको

विराटनगर, २० चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वय एवं मारवाडी सेवा समितिको सहयोगमा विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छात्रावासमा बसिरहेका ८० भन्दा बढी विद्यार्थीहरूका लागि आज खाद्यान्न वितरण गरिएको परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो । लकडाउनको कारण घर जान नसकेका उनिहरूलाई सहयोग गरिएको उहाँको भनाई छ । विद्यार्थी परिषदद्वारा उनिहरूलाई एक हप्ताका लागि पुग्ने चामल, दाल, तेल लगायतका१ खाद्य सामाग्री विरतण गरिएको हो । विद्यार्थीहरूका हकहितको बारेमा ठूला ठूला भाषण गर्नेहरू यति लामो समय हुँदासम्म पनि कोहि कसैले केहि सहयोग नगरेको छात्रावासका विद्यार्थीहरूले गुनासो गरेका छन् । आफु समस्यामा परेको बेला प्राज्ञिक विद्यार्थी परिषद नेपालले सहयोग उपलब्ध गराएकोमा विद्यार्थीहरूले खुसि व्यक्त गरेका छन् ।

लकडाउन पुन लम्बिएमा र आवश्यकता परेमा पुनस् खाद्य सामाग्री उपलब्ध गराउन सकिने सहयोगी संस्थाले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २०२०-०४-०२ , समय : १८:१३:२५ , ४ वर्ष अगाडि