काेराेना बाट बच्न संञ्चारकर्मीलाई सुरक्षाका सामाग्री प्रदान

Enepal Patra Pvt. Ltd. , ११११  पटक हेरिएको

बिराटनगर, १९ चैत्र । विश्वमा कोरोनाको महामारी फैलीरहेको बेला यता नेपाल प्रेशयुनियन मोरङले संञ्चारकर्मीहरुलाई आज  बुधबार सुरक्षाका सामाग्री वितरण गरेको छ ।

युनीयन मोरङका अध्यक्ष कुमार लुईटेलका अनुसार (एन ९५) मास्क, सर्जीकल मास्क, ग्लोव, सेनीटाईजर , क्याप, किरीङ लगायतका सामागी संञ्चारकर्मीहरुलाई प्रदान गरिएको हो । सो सामाग्री फुजिमा आयल कम्पनी प्रा।ली , हिमगीरी हाईजेनीकबाट प्राप्त भएको हो । केही नपुग सामाग्रीय प्रेस युनियन मोरङले किनेको हो । प्रेशयुनियनका पुर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी , पुर्व केन्द्रीय सदस्य शंकर खरेल, निर्वातमान मोरङ युनियनका अध्यक्ष मिनकुमार नवोदीत , अध्यक्ष कुमार लुईटेल , सचिव गोपाल पोखरेलले वितरण गरेका हुन ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश न. १ का अध्यक्ष विक्रम लुईटेल , पत्रकार महासंघ मोरङकी उपाध्यक्ष शुशिला पाठक , कार्यसमीती सदस्य कौशल निरौला , प्रेस संगठनका नेता प्रल्हाद गुरागाँई लगायतका संञ्चारकर्मीको सहभागिता थियो । आज एक सय संञ्चार कर्मीलाई प्रदानगरीएको हो । भोली पुर्वी मोरङका युनियन संम्बद्ध सक्रीय संञ्चारकर्मीहरुलाई प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष लुईटेलले जानकारी दिए ।

प्रकाशित मिति: २०२०-०४-०१ , समय : १६:५४:२० , ४ वर्ष अगाडि