नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए

Enepal Patra Pvt. Ltd. , ५५९  पटक हेरिएको

काठमाडौं,१५ चैत। बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । चैत ४ गते फ्रान्सबाट फर्किएकी कोरोना भाइरस संक्रमित युवती चढेका विमानमा ती महिला पनि आएकी थिइन् । सो कुराको जानकारी स्वास्थय तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गराइएको हो

यसअघि १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । नेपाल पुगेको चारदिनपछि नै बागलुङकी ती युवती विरामी परेर अस्पताल जाँदा प्राविधिक कारणले नमूना संकलन गर्न नसकिएकाले घरमै बस्दै आएकी थिइन । केही दिनअघि मात्र ती युवतीको धौलागिरी अस्पतालमा नमूना संकलन गरिएपछि पोजेटिभ आएपछि काठमाडौंमा उपचार गर्न ल्याउने तयारी भइरहेको छ ।

ती युवतीसँग बेल्जिएमबाट उहाँको बुबा र जिल्लाकी एक महिला पनि सँगै आएको बुझिएको छ । यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उहाँहरू मध्ये सबैभन्दा चीनको उहानबाट फर्किनुभएका विद्यार्थी निको भएर घर गइसक्नुभएको छ, दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, कोरोना भाइरस ९कोभिड–१९०को आशंकामा अहिलेसम्म ८७५जनाको परीक्षण भएको र शनिबार रातिसम्म नौसयको परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२०-०३-२८ , समय : १८:१०:३९ , ४ वर्ष अगाडि