स्वास्थ्य मन्त्रीको गृह जिल्लामा नोबेलको स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित

Enepal Patra Pvt. Ltd. , १०११  पटक हेरिएको

 

तेह्रथुम, १४ चैत ।डाक्टर सुनील शर्माले आफ्नो निशुल्क स्वास्थ्य शिविर अभियान तेह्रथुम जिल्लासम्म पु¥याउनु भएको छ । तेह्रथुम हालका स्वास्थ्य मन्त्री भानुभक्त ढकालको गृह जिल्ला हो । तेह्रथुमको मेन्छ्यायेममा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएको अस्पताल स्रोतले जनाएको छ ।

मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३ सय १ जनाको भिडियो एक्सरे, २ सय ६५ जनाको ल्यावटेष्ट र १ सय १ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

त्यस्तै आँखामा समस्या भएका २७ जना र शरिरमा गाँठागुठी पलाएका २१ जनाको सामान्य शल्यक्रियासमेत गरिएको छ । नोबेलले यसअघि नेपालको सवैभन्दा होचो स्थान झापाको केचनामा निःशुल्क शिविर सञ्चालन गरेको थियो । ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: २०२०-०३-२७ , समय : १०:१०:३७ , ४ वर्ष अगाडि