मास्क बनाउँदै बाढ्दै

Enepal Patra Pvt. Ltd. , ६७३  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), चैत १४ गते । नगरपालिका कार्यालयले विपन्न समुदाय तथा ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई केन्द्रीत गरेर मास्क वितरण समेत गरेको छ । नगरकातर्फबाट वडा नम्वर २ मा मास्क सिलाउने र केही वितरणको काम भइरहेको छ । वडा कार्यालयहरुले समेत आआफ्नातर्फबाट मास्क निर्माण गरी वितरण कार्य अघि बढाएका छन् । जसमा वडा नम्वर ९ ले ५ सय मास्क तयार गरेर ज्येष्ठ नागरिकलाई केन्द्रीत गरी आज वडावासीमा मास्क वितरण गरिएको वडाध्यक्ष भानुभक्त राईले वताउनु भयो । हातधुने वाल्टीहरुको पनि व्यवस्था गरिएको छ ।

वडाको विपत व्यवस्थापन कोषबाट ८ नम्बर वडाले ८ सय मास्क र १० थान हात धुने बाल्टी वडाका आवश्यक ठाउँमा वितरण गरेको वडाध्यक्ष बाबुराम दहालले जनाउनु भयो । बिपन्न ,सुत्केरी, गर्भवती र अशक्तहरुलाई मास्क थालिएको छ ।

१० नम्वर वडाध्यक्ष सागर राईले अमेरिकामा रहनु भएका आफ्ना बुबा गुल्सन राईसँगको सहकार्यमा ४ सय मास्क वितरण गर्नुभएको छ । वडा नम्वर ४ मा पनि मास्क निर्माण भइरहेको छ । अन्य वडामा पनि मास्क निर्माण गर्दै वितरणको कार्य थालिदैछ ।

प्रकाशित मिति: २०२०-०३-२७ , समय : १०:०५:०३ , ४ वर्ष अगाडि