एक नम्बर प्रदेशमा यात्रुबाहक बस बन्द

Enepal Patra Pvt. Ltd. , ७२७  पटक हेरिएको

विराटनगर,१० चैत । एक नम्बर प्रदेशमा मंगलबारदेखी सार्वजनिक यातायात (बस) सेवा अनिश्चितकालका लागि बन्द हुनेभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ एक नम्बर प्रदेश समितिले कोरोना संक्रमण रोकथामका लागि मंगलबारदेखी सबै यात्रुबाहक बस बन्द गर्ने निर्णय गरेको हो । महासंघका संयोजक सरोज श्रेष्ठले एक जिल्लाबाट अर्को जिल्लामा नजाने र अत्यावश्यक सेवा वाहेक सबै खाले सेवा बन्द गर्न सरकारले गरेको निर्णय स्वागत योग्य भन्दै सर्मथन गर्न मंगलबारदेखी प्रदेशभरि बस सेवा बन्द हुने जानकारी गराए ।

बिषम परिस्थितीमा कोरानाको जोखिमयुक्त्त अवस्थालाई ख्याल गर्दै आआफना सवारी साधन घर र ग्यारेजमा थन्काएर सहयोग गर्न उनले सबै सार्वजनिक यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन । सरकारले १० चैतदेखी लामो दुरीका र अर्को जिल्ला जाने यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०२०-०३-२३ , समय : १५:१७:०८ , ४ वर्ष अगाडि