कोरोना संक्रमणबाट चीन तङ्ग्रदै, इटालीमा भयाबह बन्दै

Enepal Patra Pvt. Ltd. , ३८२  पटक हेरिएको

काठमाडौं, ९  चैत । चीन क्रमशः कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको छ । अहिले चीनमा कोरोना भाइरसको उदगमस्थल मानिएको बुहान लगायत पूरै चीन भित्र तीन दिनमा स्थानीय भाइरको संक्रमण शुन्य भएको छ ।
तर आयातित संक्रमणको खतरा भने टरेको छैन र यो क्रम भने विगत केही हप्तामा बढ्दो छ । चाइना डेलीका अनुसार दैनिक रुपमा बढीमा ४१ जनासम्म बाहिरबाट संक्रमण भएर आएका विरामी फेल परेका छन र यसरी बाहिबाट संक्रमित भएका आएका विरामी मृत्युको संख्या २६९ पुगेको चाइन डेलीले जनाएको छ ।
शुक्रबार मात्रै बेइजिङङ मात्र १४ जना बाहिरबाट संक्रमण भएका विरामी फेला परेका थिए । शुक्रबार चीनको मुख्य भुभागमा मात्र सात जनाको मृत्यु भएसँगै चीनमा यसको संक्रमणबाट तीनहजार २५५ जनाले ज्यान गुमाएका छन् ।
यता चीन पछि कोरोनाको मारमा धेरै अक्रान्त देश इटालीमा भने यसको संक्रमण निकै बढ्दै गएको छ । शनिवार मात्रै झण्डै आठ सयको ज्यना गएको बीबीसीले जनाएको छ । इटालीमा अहिले सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार हजार ८२५ पुगेको र यो विश्वकै उच्च हो ।
इटालीमा संक्रमण रोक्न त्यहाँ मानिसको आवतजावतमा कडाइ गरिएको छ ।

प्रकाशित मिति: २०२०-०३-२२ , समय : १२:३८:०८ , ४ वर्ष अगाडि