देशभरका अदालत दुई साता आंशिक बन्द रहने

Enepal Patra Pvt. Ltd. , १२४५  पटक हेरिएको

काठमाडौ,७ चैत्र। देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारबाट दुई सातासम्म बन्द गर्ने निर्णय भएको हो ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षता बसेको पुर्ण बैठकले अदालतहरु आगामी चैत्र २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका मुख्य न्यायधिशको सचिवालयले गोरखापत्र अनलाइनलाई जनाएको छ ।

अदालतमा बन्दी प्रत्यक्षीकरणका रिट, सार्वजनिक सरोकारका बिषयहरुको मुद्धामा भने अदालत खुल्ला रहने छ । यो अवधीमा फैसला लेखनको कार्य समेत अनलाइनबाटै गरिने निर्णय भएको छ । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति: २०२०-०३-२० , समय : १३:३८:२६ , ४ वर्ष अगाडि