कालोवजारी गर्नेलाई कारवाहि कहिले गर्ने ?

Enepal Patra Pvt. Ltd. , १३४२  पटक हेरिएको

मोहन ढकाल
बिराटनगर, ५ चैत ।  कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई नै त्रसित पारिरहेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । अहिले सम्म नेपालमा कोरोनाको पुष्टि नभएपनि त्यसको प्रत्यक्ष असर भने परेको छ । जुनसुकै वेला पनि आपतकालको अवस्था सिर्जना हुनसक्छ । यस्तो अवस्थामा सबैले मिलेर समाधान गर्न तर्फ लाग्नुपर्ने अवस्थामा वजारमा कालोवजारी र अनावश्यक हो–हल्ला बढ्ने गरेको पाईन्छ ।

अहिलेको यो अवस्थामा बजारमा कालोबजारी दिन दुईगुना रात चौगुना बढेको बढै छ । सम्बन्धित निकाय भाषण मात्रैे छाटेर बसेका छन् । भाषणमा दिनहुँ अनुगमन भईरहेको छ । तर व्यवहारमा लागु हुन सकेको छैन् । सर्वसाधारण अभावको खडेरिमा रूमलिने अवस्था आएकको छ । सरकार भन्छ कुनै कुराको अभाव छैन् । हामीलाई चाहिने अत्यावश्यक सामान संचित छ । तर वजारमा अभाव देखाईने गरेको छ । मासिक खाना पकाउने ग्याँस ३५ सय मेट्रिक टनले पुग्ने गरेको भएपनि यस महिना ४५ सय मेट्रिक टन आयत भएको बताईएको छ ।

तर वजारमा ग्याँसको अभाव भएको उपभोक्ताको गुनासो गर्दै आएका छन् । सामान्य अवस्थामा भन्दा एक हजार मेट्रिक टन बढि ग्याँस आयत हुदाँ सहज आपुर्ति हुनुपर्नेमा व्यापारीहरूले कृतिम अभाव देखाएर बढि मुल्यमा बेच्ने गरेका छन् । नेपाल आयल निगमले ईन्धन प्रयाप्त छ भनिरहँदा कति पेट्रोल पम्प बन्द छन् । पेट्रोल पम्पमा गाडिको चाप बढेको छ । व्यापारीहरूले हरेक सामानमा मुल्य बढाएका छन् । तर सम्बन्धित निकाय उजुरी नआएको भन्दै मौन बसेको छ ।

के सम्बन्धित निकायलाई उजुरी नपरेसम्म बजार अनुगमन नहुने नियम कानुन छ रु वजारमा मास्क र सेनिटाइजरको कृतिम अभाव देखाएर रातारात कालोबजारी गरेर धेरैले लाखौँ कुम्याएका छन् । पाँच रूपैँया पर्ने मास्कलाई मनपरि मुल्य लिईरहँदा कति व्यापारीलाई कारवाहि भयो रु पक्राउ गरेर कारवाहि गरेकै व्यापारिले नै फेरी कालावजारी गरेका त छैनन् रु देशका केहिकेहि ठाँउमा मास्क कालोवजारी गर्नेलाई कार्वाही गरेका खवरहरू पनि आए ।

तर कालावजारी गर्नेलाई सामान्य तरिकाले जरिवाना लिएर छाडिदाँ उसले फेरी कालोवजारी गर्दैन भन्ने के ग्यारेन्टी  ?
यस्तै हो भने बजारमा हरेक सामानमा कालावजारी हुने सम्भावना बढेर गएको छ ।
देशका केहि ठाउँमा कालोवजारीका केहि घटना सार्वजनिक भएपनि अधिकांश ठाउँका घटना सार्वजनिक हुन सकेका छैनन् । अनुगमन भएको भए सार्वजनिक हुनुपर्ने हैन र रु कि सवैलाई सार्वजनिक गर्न मिल्दैन रु प्रदेश नं। १ को राजधानि विराटनगरको कुरा गर्दा अहिले सम्म कालोवजारी गर्ने कतिवटा पसललाई कार्वाही गरेको छ रु कतै सुनिएको छैन । कारवाही गरियो भनेर । के विराटनगरमा कालोवजारी भएको छैन् रु

सरकारले अत्यावश्क सामग्रिहरूको अभाव छैन् भनेर भनिरहँदा उपभोक्ता भने चिन्तित भएका छन् । व्यापारिले रातारात कृतिम अभाव सिर्जना गरिदिनाले उपभोक्ता आत्तिएका छन् । यस्तो अवस्थामा सम्बन्धित पक्षले उपभोक्तालाई आश्वस्त पार्न सक्नुपर्छ । बजारमा अनवश्यक पर्ने कुनै पनि सामानको अहिले अभाव हुदैँन । अहिलेको समयमा बोलीमा हैन सबै कुरा व्यवहारमा देखाउन आवश्यक छ

प्रकाशित मिति: २०२०-०३-१९ , समय : १९:०६:०८ , ४ वर्ष अगाडि