प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन स्थगित

Enepal Patra Pvt. Ltd. , १७५७  पटक हेरिएको

मोहन ढकाल

विराटनगर, ६ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आठौँ राष्ट्रिय अधिवेशन स्थगित भएको छ । विश्वभर फैलिररहेको कोरोना भाइरस (कोभिड – १९)  को तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाईएको छ । यसअघि अधिवेशन यहि चैत २०, २१ र २२ गते प्रदेश नं १ को राजधानि विराटनगरमा हुने तय भएको थियो । परिषद्ले अव कोरोना भाईरसको प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयको वातावरणलाई न्युनीकरण गर्ने वताएको छ । साथै देशैभरका कार्यकर्तालाई सचेतना लागि आह्वान समेत गरेको छ ।

प्रकाशित मिति: २०२०-०३-१९ , समय : १९:०२:४३ , ४ वर्ष अगाडि