कम्युनिष्टसँग भीड्ने सामथ्र्य कांग्रेससँगै छ – सभापति लिम्बू

Enepal Patra Pvt. Ltd. , १५४५  पटक हेरिएको

उर्लाबारी, १ चैत । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले ढुंगामुडा गर्नु र सडकमा टायर बाल्यो भने मात्र प्रतिपक्षीको भूमिका निर्वाह हुन्छ भन्ने नेपाली मानसिकता नै खराव भएको बताउनु भएको छ ।
शनिवार मोरङको उर्लाबारीमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक नेवा खलको उर्लाबारी नगर स्तरीय प्रारम्भिक सम्मेलनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कांग्रेस भित्रको आन्तरिक समस्या समाधान भए कम्युनिष्टसँग भीड्ने सामथ्र्य कांग्रेस सँगै रहेको बताउँदै अब एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो । लिम्बूले पार्टी सभापति देउवाले विभिन्न विभागमा धमाधम गरिरहेको नियुक्तिको आलोचना गर्दै भन्नुभयो– पार्टीको आन्तरिक निर्वाचन र संसदीय निर्वाचनमा कहिल्यै जित्न नसकेका ब्यक्तिलाई जस्केलोबाट पद बाढ्ने सभापति देउवाको काम खेद जनक छ । उहाँले त्यस्ता कामले पार्टी बलियो नहुने बताउँदै आसेपासेलाई पद बाढ्न नहुनेमा जोड दिनुभयो ।
मोरङ १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले नेवा खल एउटा शसक्त शुभेच्छुक संस्था भएको बताउँदै दुई तिहाईको शक्तिशाली कम्युनिष्ट सरकारलाई घुँडा टेकाउने संस्था लोकतान्त्रिक नेवा खल नै भएको बताउनु भयो । उहाँले गुठी विधेयक सरकारले फिर्ता लिएको प्रसंग जोडेर भन्नुभयो– महत्वपूर्ण परिवर्तनमा नेवा खलले पु¥याएको भूमिका ऐतिशासिक र साहसिक छ ।
सभापति लिम्बूले पार्टीमा गठन भएपनि संगठन कमजोर भएको चर्चा गर्दै समिति गठन गरेर मात्र संगठन बलियो नहुने उल्लेख गर्नुभयो । उहाँको भनाई थियो –अब आफन्त र नातेदारलाई क्रियाशील सदस्यता बाढेर चुनाव जित्ने थिति बन्द हुनेछ ।’लोकतन्त्र बलियो भयो भने मात्र जातीय संघ संगठन मजवु्द हुने उल्लेख गर्दै लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि सबै नागरिकको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
नेवा खल उर्लाबारीका अध्यक्ष कुलबहादुर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा रुपा श्रेष्ठ,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम खड्गी,नेपाली कांग्रेस मोरङ(१) क का प्रादेशिक उप सभापति वाजाहाङ राई,नेपाल महिला संघका केन्द्रीय सदस्य सीता कार्की लगायतका वक्ताले नेवा खललाई शुभकामना दिनु भएको थियो ।
                                                      उर्लाबारी अध्यक्षमा प्रधान सर्वसम्मत
प्रारम्भिक भेलाले शनिबार नै कुलबहादुर प्रधानको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा रुपाकुमारी श्रेष्ठ, सचिवमा रमेश प्रधान ,सह सचिव सीता श्रेष्ठ, कोषाध्यक्षमा नरकाजी श्रेष्ठ चयन हुनु भएको छ । यस्तै कार्य समितिको सदस्यहरूमा राजन श्रेष्ठ,नवराज श्रेष्ठ, सरिता श्रेष्ठ , राजकुमार श्रेष्ठ, राजु श्रेष्ठ , आकास श्रेष्ठ , अरुण उदास, टीकालक्ष्मी श्रेष्ठ चयन हुनु भएको छ । यस्तै खलको मिडिया संयोजकमा पत्रकार किशोर श्रेष्ठ चयन हुनु भएको छ ।
                                               मिर्गौला पीडित टीका श्रेष्ठलाई सहयोग
लोकतान्त्रिक नेवा खल उर्लाबारी नगर समितिले उर्लाबारीका टीका श्रेष्ठलाई ११ हजार ५ रुपियाँ नगद सहयोग गर्ने भएको छ ।
श्रेष्ठ मिर्गौला रोगबाट पीडित भई उपचाररत हुनुहुन्छ । शनिबार निर्वाचित पदाधिकारी, प्रमुख अतिथि मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति खड्गबहादुर फागो, नगर सभापति वीरवल थापा लगायतले श्रेष्ठको उपचारका लागि सहयोग गर्नु भएको हो । सङ्कलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिने नेवा खलका कोषाध्यक्ष नरकाजी श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : २०:०७:२१ , ४ वर्ष अगाडि