विराटनगरमा ५ हजार ४ सय ८० जनाको कोरोना परिक्षण

आबश्यक स्वास्थ्य शुरक्षात्मक सामानको अभावमा पनि काम गर्दै स्वास्थ्यकर्मी

Enepal Patra Pvt. Ltd. , ६९५  पटक हेरिएको

विराटनगर, २९ फागुन । विराटनगरको भारतीय सीमा नाका रानी र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाँच्न स्थापना गरिएको हेल्थ डेक्सले यथासम्भब काम गरिरहेको छ । स्वास्थ्य हेल्प डेक्स स्थापना भएको तीन दिनमा दुवै क्षेत्रमा गरी ५ हजार ४ सय ८० जनाको परिक्षण गरिएको छ ।

विराटनगर विमानस्थल भएर आएका २७ सय १२ र भारत हुदै रानी बाट नेपाल प्रबेश गरेका २७ सय ६८ जनामा गरिएको परिक्षणमा हाल सम्म कसैमा पनि कोरोना सक्रमित नभेटिएको विराटनगर महानगर स्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

रानी नाका र विराटनगर विमानस्थलमा सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले सम्युक्तरुपमा डेस्क राखेको हो । विमानस्थलको भिआइपी कक्ष र यात्रु आउने कक्षमा छुट्टा छुट्छै जाच गरिने गरेको छ ।

छिमेकी दुवै राष्ट्र चीन र भारतमा कोरोनाको संक्रमण देखिएकाले सीमा नाकामा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । यस विषयमा भारतले समेत खासै चासो राखेको पाइन्न । सिमाक्षेत्र र विमानस्थलमा खटाएका स्वास्थ्यकर्मीहरु समेत आबश्यक स्वास्थ्य शुरक्षात्मक सामानको अभावका बाबजुत काम गरिरहेका छन् । गत २७ गते सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका मेयर भीम पराजुलीले हेल्थ डेक्सको शुरुवात गरेका थिए ।

प्रकाशित मिति: २०२०-०३-१२ , समय : २१:२४:५० , ४ वर्ष अगाडि