कांग्रेस मोरङका सभापति लिम्बुले गरे विरामीको उद्धार

Enepal Patra Pvt. Ltd. , १२८९  पटक हेरिएको

लेटाङ २७ फागुन । उपचारका अभावमा रोगले थलिएर घरमै बस्न बाध्य बनेकी लेटाङ ९ जाँतेकी करिव ५० बर्षिय सिता लिम्बुलाई नेपाली कांग्रेसका जिल्ला सभापती डिगवहादुर लिम्बुले उपचारका लागि विराटनगरको नोवेल अस्पताल भर्ना गराउनुभएको छ ।
पैसा नभएर मृत्युको पर्खाइमै बसिरहेकी लिम्बुलाई लिम्बुले उपचारका लागि नोवेल अस्पतालकै एम्बुलेन्समा राखेर अस्पताल पूर्याइ उपचार सुरु गरिएको सभापति लिम्बुले वताउनुभयो ।
२ महिना अघि देखि मृगौलामा समस्या आई जीवन मरणको दोसाधमा रहेकी सिताको अवस्था कमजोर छ ।
अरुको घरमा शरण लिएर बसिरहेका विरामी लिम्बुको परिवार पैसाको अभावमा घरैमा थलिएर बसिरहेकी थिईन ।
विरामीलाई नोवेल अस्पतालमा पहिलो चरणको परिक्षण सकिएको र अव मृगौलाको डायलिसिस गर्नुपर्ने डाक्टरले भनेको नेपाली कांग्रेस लेटाङ ९ का सभापति रेखवहादुर बोहोराले जानकारी दिनुभयो ।
कांग्रेस जिल्ला सभापति लिम्बुको पहलमा विरामीको निशुल्क उपचार गरिने भएको समेत सभापति बोहोराले जानकाररी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०३-१० , समय : १७:२६:११ , ४ वर्ष अगाडि