कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका पत्रकारहरु मार्फत जुट्यो १ लाख २९ हजार

उत्तरी मोरङमा पत्रकार महासंघको शाखा खोल्नुपर्नेमा पत्रकारहरुको जोड

Enepal Patra Pvt. Ltd. , ८१६  पटक हेरिएको

बेलबारी २४ फागुन ।  ब्लड क्यान्सर पिडित मकालु टेलिभिजनका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका सञ्चारकर्मीहरुको पहलमा १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ ।

शुक्रबार ‘पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ’ ले बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरी १ लाख २२ हजार ६ सय रुपैयाँ संकलन भएको जानकारी दिएको थियो । त्यस बाहेक पत्रकार मणिराम दाहाल मार्फत ७ हजार रुपैयाँ समेत संकलन गरी पठाएकोले पत्रकार मार्फत उठेको सबै जोड्दा १ लाख २९ हजार ६ सय रुपैयाँ पुगेको हो । सहयोग समितिले हिसाब सार्वजनिक कार्यक्रममा दिइएको जानकारी अनुसार उत्तरी मोरङका पत्रकार, शैक्षिक संस्था, विभिन्न ब्यक्ति तथा संघ संस्थाले सहयोग गरेका थिए ।

जस अनुसार बिराटचोकस्थित रेडियो सुसेलीबाट १० हजार १ सय १० रुपैंया, शिक्षा सन्देश स्कुलबाट ११ हजार, सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार, लेटाङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबाट ६ हजार ५ सय ६० रुपैया, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीबाट ६ हजार ५ रुपैया, सगरमाथा इङलिस स्कुल बेलबारीबाट ५ हजार, सुविजिमुर इङलिस स्कुल, सुन्दरहरैंचाबाट ५ हजार, ब्राइट फ्युचर मा।वि। सलकपुरबाट ५ हजार, सिद्धार्थ इङलिस स्कुल खोर्सानेबाट ५ हजार, आदर्श इङलिस स्कुल बेलबारीबाट ५ हजार २ सय २० रुपैया, बेलबारी क्याम्पसका शिक्षक तथा कर्मचारीबाट ५ हजार, सयपत्री मल्टीपर्पोज प्रा‌.ली. बेलबारीबाट ५ हजार, युवा जागरण अभियान नेपालबाट ५ हजार, कन्चन कुलुङबाट ५ हजार रुपैयाँ जुटेको छ ।

त्यस्तै भगवति मा.वि. बेलबारीबाट ४ हजार ५ रुपैया, इन्द्रपुर नमूना स्कुलबाट ३ हजार ६ सय रुपैया, भक्तकिरण राई सुन्दरहरैचा ९ बाट ३ हजार, शान्ति भगवती स्कुल लेटाङका शिक्षहरुबाट ३ हजार, लक्ष्मण जंग थापा बेलबारी २ बाट २ हजार, निष्पक्ष खबरबाट २ हजार, कविर मा.वि. बेलबारीबाट १ हजार ५ सय रुपैंया, प्रताप थापा बेलबारी ३ बाट १ हजार १ सय, लक्ष्मी मा।वि बेलबारीका शिक्षकहरुबाट २ हजार, बाल प्रतिभा बोर्डिङ खोर्सानेबाट २ हजार, मणिराम दाहालबाट २ हजार, अर्जुन गजुरेल सुन्दरहरैचाबाट ५ सय र उत्तरी मोरङको बेलबारी, सुन्दरहरैंचा, लेटाङ र केराबारीमा रहने पत्रकारबाट ९ हजार रुपैयांँ सहयोग प्राप्त भएको पत्रकार कमल पौडेल उपचार सहयोग समितिले जानकारी दिएको छ ।

क्यान्सरबाट पिडित भएर काठमाडौंको सिभिल अस्पतालमा उपचारत पौडेलको उपचारमा थप सहयोग पु¥याउने उद्देश्यले गत फागुन १५ गतेबाट सुन्दरहरैंचा, बेलबारी, लेटाङ र केराबारीका पत्रकारहरुको भेलाले पत्रकार केशु विरहीको संयोजकत्वमा ७ सदस्यीय‘कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ’ गठन गरेको थियो ।

उत्तरी मोरङमा पत्रकार महासंघको छुट्टै शाखा खोल्नुपर्ने आवाज

यसैबीच उत्तरी मोरङमा कार्यरत पत्रकारहरुले पत्रकार महासंघ मोरङ शाखाले उपेक्षा गर्ने गरेको भन्दै बिराटनगर बाहिर महासंघको छुट्टै शाखा खोल्नुपर्नेमा जोड दिएका छन् ।

कमल पौडेलको उपचारका लागि संकलन गरिएको रकमको हिसाब सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित पत्रकारहरुले सो कुरामा जोड दिएका हुन् । बिराटनगरबाहिर रहेका पत्रकारहरुलाई कुनै पनि अबसर नदिने र त्यस्तो अबसर बिराटनगर बस्नेहरुले मात्रै उपभोग गरिरहेको उनीहरूले आरोप लगाएका छन् ।

चुनावको बेला अनेकौं आश्वासन दिने तर अरुबेला पत्रकार महासंघ छ भन्ने अनुभुति गर्ने अवस्था समेत नरहेको हुनाले उत्तरी मोरङमा पत्रकार महासंघको शाखा खोल्नुपर्ने पत्रकार अम्बिका भण्डारीले बताए । त्यसैगरी भक्तशेर लिम्बु, बिवेक मिश्र, प्रसान्त निरौला लगायतले पनि महासंघको उत्तरी मोरङ शाखा खोल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: २०२०-०३-०७ , समय : ०६:३९:४७ , ४ वर्ष अगाडि