लिम्बुको पहलमा पन्ध्रसय विद्यार्थीलाई प्राविधिक तालिम

लिम्बुको पहलमा पन्ध्रसय विद्यार्थीलाई प्राविधिक तालिम

Enepal Patra Pvt. Ltd. , ११९१  पटक हेरिएको

विराटनगर, २२ फागुन। मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ ।
क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९,१०,११ र १२ का विद्यार्थीलाई रोबटिक्स,अर्दिनो र वाटर रकेट निर्माण सम्बन्धी तालिम तालिम दिन थालिएको उद्यमी समाजका अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिएका छन् ।
आचार्यले भने,‘‘नेपाली कांग्रेसका मोरङ जिल्लाका सभापति डिगबहादुर लिम्बूको पहलमा चारवटा विद्यालयमा प्राविधिक तालिम शुरु गरिएको भएको छ ।’’प्रतिनिधि सभातर्फ मोरङ क्षेत्र नं १ बाट पराजित भएपनि जनताप्रतिको समर्पण र लगावमा कमी आउन नदिने प्राविधिक तालिम दिन शुरु गरिएको लिम्बूले बताएका छन् ।

आचार्यका अनुसार क्षेत्रभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जम्मा पारेर तालिम संचालन भइरहेको छ । लिम्बूले भने,‘‘मोरङको ६ वटै निर्वाचन क्षेत्रका विद्यार्थीलाई उद्यमशील र प्रविधिसँग जोड्दै व्यवसायिक बनाउन र रुपान्तरणका निम्ति तालिम आयोजना गरिएको हो ।’’
सभापति लिम्बूको पहलबाट शुरु भएको तालिमबाट करिब एक हजार ५ सय विद्यार्थी लाभान्वित हुनेमा प्रशिक्षक आकृत ढुंगेलले बताए ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : २१:०६:४७ , ४ वर्ष अगाडि