भारत विमन्स टी ट्वान्टी विश्वकपको फाइनलमा

Enepal Patra Pvt. Ltd. , ५६१  पटक हेरिएको

 

काठमाडौं,२२ फागुन। भारत आईसीसी विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । भारत विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटमा पहिलोपटक फाइनलसम्म पुगेको हो ।
बिहिबारको लागि सिड्नीमा हुने निर्धारित पहिलो सेमीफाइनल खेल वर्षाले रद्द भएपछि लिग चरणको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको हो । भारतीय कप्तान हरमनप्रित कौरले वर्षाको सम्भावना रहने खेलको लागि आरक्षित दिन राखेको भए अझै राम्रो हुने भएपनि तात्कालका लागि भएको व्यवस्थामा अगाडि बढेकोमा खुशी रहेको प्रतिक्रिया दिनुभयो । भारतले लिग चरणमा अष्ट्रेलिया, श्रीलङ्का, न्युजिल्याण्ड र बङ्गलादेशलाई हराएर सेमीफाइनलको लागि समूह ए बाट स्थान सुनिश्चित गरेको थियो ।
लिग चरणमा एक खेलमा हार बेहोरेको इंग्ल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । अफ्रिकाबाट हार बेहोरेको इंग्ल्याण्डले पाकिस्तान, थाइल्याण्ड र वेष्टइन्डिजलाई जितेर समूह बी मा दोस्रो हुँदै सेमीफाइनलमा भारतसँगको स्पर्धा सुनिश्चित गरेको थियो ।
उपाधिका लागि भारतले बिहिबार नै भइरहेको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विजेता टोलीसँग स्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : १६:०४:०८ , ४ वर्ष अगाडि