भेला,भिडभाड गर्नमा रोक, पर्यटक तान्ने होली पनि बिथोलिने भए पछि व्यबसायी चिन्तित

Enepal Patra Pvt. Ltd. , ४८७  पटक हेरिएको

 

काठमाडौं, फागुन २२ गते । नेपालीमा मनाइने महत्वपूर्ण चाड होली पर्व पनि हो । नेपाल भारतमा मनाइने यो पर्व हेर्न विश्वका विभिन्न भागबाट युवा पर्यटक नेपाल आउने गरेका छन् ।
तर यस पटक कोरोना भाइरसका कारणे होली पर्व पनि विथोलिने भएको छ । विगत वर्षहरूमा होलीका अबसरमा ठाउँ ठाउँमा कन्सर्ट तथा भेला गरेर मनाइने गरेको भए पनि यस पटक जिल्ला प्रशासन कार्यालयले त्यस किसिमको भेला गर्न रोक लगाएको छ ।
ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान० का सचिव दामोदर ढकालले सामान्य अबस्थमा चार लाख पर्यटकले नेपालमा आएर होली मनाउने गरेमा कोरोनका कारण त्यो प्रभावित हुन सक्ने बताउनुभयो ।
उहाँले होली रङ्ग र पानी खेल्ने पर्व भएकाले त्यो खेल्न नपाए पछि पर्यटक नआउने हुन सक्छ । विगतका वर्षहरूका होलीमा युवा पर्यटक नै बढी आकर्षित हुने गरेका थिए । पर्यटक आउने दरमा नै कमी भए पछि यो पटकको होली निश्चय नै प्रभावित हुने ढकाल बताउनुहुन्छ ।
होली पर्व काठमाडांैमा मात्र नभएर पोखरा, चितवन, वर्दिया, लुम्बिनीमा मनाइने गरेको र धेरै संख्यामा भारतीय पर्यटक जोगवनी नाकाबाट विराटनगर आएर मनाउने गरेको त्यो पनि प्रभावित हुने उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले विहीबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक अरु काममा घर बाहिर ननिस्कन काठमाडौ जिल्लाबासीलाई अनुरोध गरेको छ । त्यस्तै होली लगायतका जमघट हुने खालका पर्व तथा भेला आदि पनि नगर्न आग्रह गरेको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर बुधबार बसेको सुरक्षा समितिको बैठकले अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर नआउन अनुरोध गरेको बताउनुभयो । उहाँले भीडभाड कम गराउन र जोखिम समेत कम होस भनेर यस्तो निर्णय गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको बिज्ञप्तिमा भीडभाडमा नजान, भेला तथा सभा सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २०२०-०३-०५ , समय : १६:००:०२ , ४ वर्ष अगाडि