काठमाण्डौ , १९ फागुन । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको छ ।

अर्का वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गरिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.