सेयर बजारमा पहिरो, कारोबार रकम ५ अर्ब नजिक

Enepal Patra Pvt. Ltd. , ६३९  पटक हेरिएको

काठमाडौं , १८ फागुन । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखिएको छ । फाइनान्स बाहेकका सबै उपसमूहहरू राताम्मे देखिदा सेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव ८२ अंकले घटेको छ ।

गत बिहीबारमात्रै १ हजार ६ सय माथि पुगेको नेप्से परिसूचक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकममा उल्लास देखिएको छ । काराबार रकम ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ३९ हजार २ सय ८९ कारोबारबाट १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार लगानीकर्ताहरु धेरै बैंकिङ क्षेत्रमै झुम्मिए ।

कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो नम्बरमा देखिएको छ । एनएमबिको मात्रै २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको ग्लोबल आइएमईको आइतबार २५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

तेस्रो नम्बरमा भने २४ करोड ६४ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । कारोबा रकमका आधारमा एनआइशी एशिया बैंक र नेपाल बैंक चौथौं र पाँचौ नम्बरमा देखिएका छन् ।

यि बैंकहरुको क्रमशः २१ करोड ८८ लाख ९४ हजार ९ सय ८८ र १७ करोड १९ लाख ९३ हजार १ सय २२ रुपैयाँको सेयर किनबेच भएका छन् ।

समै समूहहरु घटे पनि फाइनान्स उपसमूह भने ४ अंक भन्दा माथिले बढेको छ ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १८:३७:३१ , ४ वर्ष अगाडि