कोरोना भाइरस ५७ देशमा, तीन हजारको मृत्यु, अमेरिकामा पनि लियो ज्यान

Enepal Patra Pvt. Ltd. , ४०४  पटक हेरिएको

काठमाडौं, १८ फागुन । महामारीकै रुपमा फैलिएको कोरोना भाइरसले कम्तीमा तीन हजार जनाको ज्यान गइसकेको छ । तीमध्ये अधिकांश चिनियाँ नागरिक हुन् । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्व नै आत्तिएको छ ।

यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् । यद्यपि अमेरिकामा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीले शनिबार वाशिङ्टनको किङ्ग्स काउन्टीमा ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनी कुनै पनि संवेदनशिल क्षेत्रको भ्रमणसमेत नगरेका व्यक्ति भएको बीबीसीले लेखेको छ । कोरानाले अहिलेसम्म ५७ देशमा आक्रमण गरिसकेको छ ।

८५ हजार भन्दा बढीलाई संक्रमण देखिइसकेको छ । नेपालमा आधिकारिक रुपले एक जनामात्र संक्रमित भेटिए पनि कयौं संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : ११:१३:२० , ४ वर्ष अगाडि