कन्टेनरको ठक्करबाट १ को मृत्यु

Enepal Patra Pvt. Ltd. , ४६९  पटक हेरिएको

सुनसरी, १८ फाल्गुन । सुनसरीको कोशी गाउँपालिका ४ पुर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती सवा १० बजेको समयमा उक्त स्थानमा मागी खादै हिड्ने मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ५० बर्षको पुरुष ब्यक्तिको ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १०:४८:५७ , ४ वर्ष अगाडि