Enepal Patra Pvt. Ltd. , ५३१ पटक हेरिएको

मोरङ,१८ फाल्गुन। मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय साफुदिन आलमलाई ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
प्रकाशित मिति: २०२०-०३-०१ , समय : १०:४७:०० , ५ वर्ष अगाडि