अबैध रुपमा निर्यात भईरहेको समान बरामद

Enepal Patra Pvt. Ltd. , ७०५  पटक हेरिएको

झापा,१८ फाल्गुन। झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ ।

शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर बरामद गरेको थियो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी आजै मेची भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : १०:४५:१८ , ४ वर्ष अगाडि